आयोगको निर्णय : दुर्इ चुनावको बीचमा सरकारले बजेट ल्याउन नपाउने
प्रकाशित २०७४ वैशाख १६ शनिबार
387
Shares
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई निर्वाचनको समयमा नीति तथा कार्यक्रम नल्याउन भनेको छ । शनिबार बसेको आयोगको बैठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू भएको समयमा सरकारले नीति तथा कार्यक्रम ल्याउनु आचारसंहिता विपरित हुने भएकोले यस विषयमा ध्यानाकर्षण गराउने निर्णय गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
नीति तथा कार्यक्रम र बजेट ल्याउन संविधानले तोकेको मिति जेठ १५ गते निर्वाचन आचारसंहिता लागू हुने भएकोले सरकारले बजेट कहिले ल्याउँछ ? भन्ने सवाल अहिले बहसको विषय बनेको छ । यही बहसकाबीच केही दिन अघि आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आचारसंहिताकाबीच पनि नीति तथा कार्यक्रम ल्याउन सरकार स्वतन्त्र रहेको जानकारी दिएपछि धेरैमा अन्योलता छाएको थियो ।
तर, शनिबारको आयोगको बैठकले निर्वाचन आचारसंहिता लागू भएसम्म बजेट ल्याउन नसकिने बताएको हो ।