जलेश्वर । महोत्तरीमा नेकपा एमालेका क्षेत्रीय अध्यक्षसहित ५ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । रिपोर्टस क्लव जनकपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग घोषणा गरेका हुन् ।
एमाले महोत्तरीका क्षेत्रीय अध्यक्ष राजकिशोर साहसहित ५ जनाले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन्। एमाले महोत्तरी बदिया वन्चौरीका क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष साहसहित बर्दिया बन्चौरी वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष तथा एमाले संगठित सदस्य राम श्रेष्ठ महतो, वडा नम्बर ५का वडा अध्यक्ष मोहन पासवान, संगठित सदस्य सिया दास र श्रीकिसुन साहले पार्टी परित्यागको घोषणा गरेका छन् ।
तीन दशकदेखि आफूहरु एमाले पार्टीमा लागेपनि एमालेको पछिल्लो गतिविधि मधेश र मधेशी विरुद्ध भएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले अबदेखि एमाले विरुद्धको अभियानमा लाग्ने घोषणा गरेका छन् ।