काँग्रेस माओवादीले महाभियोगको दुरुपयोग गरे : बाबुराम
प्रकाशित २०७४ वैशाख १७ आइतबार
412
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोक बाबुराम भट्टराईले नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले महाभियोगको दुरुपयोग गरेको आरोप लगाएका छन् । आईतबार प्रधानन्यायाधीस सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो ट्वीटर मार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन् 'राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त रु महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित हुन्छ ?'
विभिन्न नौ आरोप सहित प्रधानन्यायधीस कार्की विरुद्ध २ सय ४९ सांसद्को हस्ताक्षर सहित महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।