टेकुमा आगलागी, ५ वटा दमकलद्वारा आगो निभाउने प्रयास जारी
प्रकाशित २०७४ वैशाख १७ आइतबार
262
Shares
काठमाडौं । काठमाडौंको टेकुमा आगलागी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ नजिकै रहेको एक छापाखानामा आगलागी भएको महानगरीय प्रहरी परिसर टेकूले जानकारी दिएको छ।
अहिले आगो नियन्त्रणका लागि उपत्यकाभित्रका ५ वटा दमकल सहित प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । एक घण्टा भन्दा बढी समयसम्म पनि आगो नियन्त्रणमा नआएको परिसरका प्रहरी नायव निरीक्षक कैलाश मल्लले जानकारी दिए ।
क्षतिको विवरण आईनसकेको र आगो निभाउने प्रयास जारी रहेको पनि उनले जानकारी दिए ।