काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले माहोल तातिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सभामुखको कार्यकक्षमा भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानन्यायाधीस सुशीलाकार्की विरुद्धको महाभियोग प्रस्ताव पछिको उत्पन्न राजनीतिक घटनाक्रम, संविधान संशोधनको विषय, निर्वाचनको मिति तय लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रधानमन्त्री दाहालले ताेकिएकै मितिमा निर्वाचन हुने पक्कापक्की भर्इसकेको भन्दै निर्वाचनको मिति नसर्ने जनाउ दिएका थिए ।