arrow

राप्रपाले संशोधनको पक्षमा मतदान गर्ने

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
RPP.jpeg

काठमाडौं । राप्रपाले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने जनाएको छ । सोमबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको राप्रपाकी प्रवक्ता रोशन कार्कीले जानकारी दिईन् । तर, पार्टीका तर्फबाट प्रवक्ता सुशील कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भने सरकारबाट समर्थन फिर्ता लिने जनार्इएको छ । 


कार्कीका अनुसार संविधान संशोधनको पक्षमा मतदान गरेर मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउनको लागि राप्रपाको समेत महत्वपूर्ण भूमिका रहेकोले राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने पनि कार्कीले जानकारी दिईन् । उनले अलोकतान्त्रिक पद्धतिबाट सत्तारुढ काँग्रेस र माओबादी केन्द्रले दर्ता गराएको महाभियोगका कारण राप्रपा सरकारमा बस्न नसकेको भएपनि निर्वाचनलाई सकारात्मक गति दिनको लागि राप्रपाले सरकारको समर्थन फिर्ता पनि नलिने र संशोधनको पनि पक्षमा मतदान गर्ने निर्णय गरिएको जानकारी दिइन् । 

'सरकारलार्इ हामी अफ्टेरोमा पार्ने पक्षमा छैनौ' उनले भनिन् 'तर मन्त्रीहरुलार्इ भने फिर्ता बोलाउने निर्णय गरिएको छ ।'

 

आईतबारको बैठकमा अनुपस्थित रहेका १३ सांसद्हरुको विषयमा कुरागर्दा प्रवक्ता कार्कीले सांसद्हरुलाई पार्टीको संसदीय दलको नियमअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको पनि जानकारी दिईन् । सो नियम अनुसार एक पटक उनीहरुलाई स्पष्टीकरण दिने मौका दिईने उनले बताईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ