arrow

इरानको कोइला खानीमा पहिरो, २१ को मृत्यु, ७० घाइते

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
iran-blast.jpg

तेहरान । उत्तरी इरानमा रहेको कोइला खानीमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा करीब ७० जना घाइते भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले समाचार बनाएको छ । 

गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास विस्फोट भएको र त्यस क्रममा उनीहरुको मृत्यु भएको हो । 

ग्यास चुहिएर विष्फोट भएकोसमेत बताइएको छ । 

खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको थियो । पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्यास भरिएकाले उद्धार गर्न  कठिन भएको बताइएको छ ।

३२ जना फसेका छन् । उनीहरु रहेको स्थान सानो भएकाले पनि उद्धार गर्न कठिन बनेको छ । 

सरकारी सञ्चारमाध्यमहरुले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन् ।

कसैले लोरी इन्जिन चलाएकाले विष्फोट पो भएको हो कि भन्ने आशंकासमेत गरिएको छ । 

Coal miners and rescue workers gather at the scene following an explosion in a coal mine in Azadshahr (03 May 2017)

Rescue workers gather at the scene following an explosion in a coal mine in Azadshahr (03 May 2017)

A man sits with his back against a van after the explosion in a coal mine in northern Iran



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ