arrow

बेलायती प्रिन्स फिलिपले जिम्मेवारी त्यागे, महारानी एलिजावेथको पूर्ण समर्थन

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
Philip-alija.jpg

एजेन्सी । बेलायती महारानी एलिजावेथ द्वीतियाका श्रीमान् ड्यूक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्ट महिनादेखि सार्वजनिक जिम्मेवारी त्याग्ने भएका छन् । बकिंघम राजदरबारले राजकुमार फिलिपले जिम्मेवारी छोड्न लागेको  घोषणा गरेको हो ।

बकिंघम दरबारले वक्तव्य जारी गर्दै भनेको छ, ‘त्यो उनको आफ्नै निर्णय हो र आफ्नो श्रीमानको सो निर्णयप्रति महारानी एलिजावेथको पूर्ण समर्थन छ ।’ ड्यूक अफ एडिनबरा आगामी महिना ९६ वर्ष पुग्दै छन् ।

राजकुमार फिलिपले यसअघि नै निर्धारण भएका जिम्मेवारीहरु भने पूरा गर्ने, वक्तव्यमा उल्लेख छ । यद्यपि, नयाँ आमन्त्रणहरु भने स्वीकार नगर्ने बताइँदैछ । बेलाबखत राजकुमारले अवस्था हेरेर केही सार्वजनिक समारोहहरुमा सहभागिता जनाउन सक्नेछन् ।

ड्यूक अफ एडिनबरा विभिन्न ७ सय ८० वटा बढी संघ संस्थाहरुमा संरक्षक, अध्यक्ष अथवा सदस्यका हैसियतमा सम्वद्ध छन् । सम्वद्धता निरन्तर रहने बीबीसीले उल्लेख गरेको छ । महारानी एलिजावेथले औपचारिक जिम्मेवारीका सम्पूर्ण कार्यक्रमहरुमा सहभागिता जनाउने कार्यलाई भने निरन्तरता दिने बकिंघम दरबारलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ