कमल थापाको ठाउँमा गच्छेदार उपप्रधानमन्त्री बन्दै, सम्हाल्दै स्थानिय विकास मन्त्रालय
प्रकाशित २०७४ वैशाख २४ आइतबार
460
Shares
काठमाडौ । नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने भएको छ। स्थानिय तहको चुनावको पहिलो चरण गराएर बाहिरने सहमति भइसकेका प्रचण्डको सरकारमा फोरम सहभागि हुने भएको हो।
प्रचण्ड नेतृत्वको सरकारमा फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने भएका छन्। उनले उपप्रधान तथा स्थानीय बिकास मन्त्रीको जिम्मवारी सहित सरकारमा जाने भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार छोडेपछि सत्तारुढ घटक नयाँ साझेदार ल्याउन लागिपरेको थियो।
नेपाली काँग्रेसका सभापति र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबीच सहमति पछि गच्छेदारलाई सरकारमा आउने भएका हुन्। उनलाई यसपछि बन्ने सरकारमा पनि उपप्रधानमन्त्री सहित सोहि मन्त्रालय दिने सहमति भएको छ। संभवत उनलाई आइतवार अपरान्ह सम्म पद तथा गोपनियताको सपथ खुवाइने कार्यक्रम रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए । प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले विपक्षी एमालेसँग गठवन्धन गर्दै स्थानिय तहको चुनावमा सहभागिता समेत जनाएको छ।