arrow

बक्राहका वाढी पीडितलाई चुनाव भन्दा तटबन्धकै पिर

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख २४ आइतबार
morang-badhi-kumud-,.jpg.jpeg

विराटनगर । राजनीतिक दललाई चुनाव लागेको छ । तर, मोरङका वाढी पीडितलाई वर्षाको भेलबाट कसरी बच्ने भन्ने चिन्ताले सताएको छ । दलका नेताहरुले पुरानै शैलीमा विभिन्न आश्वासनहरु बाँडिरहेका छन् । मोरङमा चुनाव त लागेको छैन । यद्यपि, वाढीको सन्त्रासले छोइसक्यो ।

स्थानीयले बर्खा लाग्नुु अगावै वक्राहा खोलामा तटबन्धनगर्न माग गर्दै जिल्ला प्रसासन कार्यालय तथ जल उत्तपन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका छन् । बर्खा लाग्नै आँट्यो । तटबन्ध निमार्णमा कसैले चासो दिएका छैनन् । स्थानीयले सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन  कार्यालयका प्रमुख डाक्टर शिवनारायण साहलाई ज्ञापनपत्र बुझाएका थिए ।

अमरदह, हसन्दहबाट आएका राजनितिक दल तथा सर्वसाधारणहरुले  ज्ञापनपत्र वुझाएका हुन् ।
गत वर्ष साउन ८ गते वक्राहा खोलामा आएको वाढीले हसन्दह–५ मा तटबन्ध भत्कदा सो भेगका आधा दर्जन गाविसमा तहस नहस गरेको थियो ।

वाढीले दुई सय विघा खेती योग्य जमिनलाई बालुवामा परिणत गर्नुका साथै तिनहजार भन्दा वढी घरमा क्षति पुर्‍याएको थियो । सय बढी परिवार विस्थापित भएका थिए । तटबन्ध निमार्णका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित पक्षले ध्यान नदिएपछि  ज्ञापनपत्र बुझाएको स्थानीय प्रताप तामाङले बताए ।


तत्काल तटबन्ध निमार्ण नगरिए विगतका वर्ष भन्दा यो वर्ष वाढीले झन ठुलो क्षती गर्ने तामाङको भनाई छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयका प्रमुख देवनारायण साहले ठेकदारको लापरबाहीका कारण यस्तो भएको बताए ।

हसन्दह स्थित बक्राहामा तटबन्धका लागि एक करोड पाँच लाखमा ठेक्का सकेको बताए । उनका अनुसार असार मसान्त सम्ममा काम सक्ने गरी हिमालय एण्ड निकिता जेवी कन्ट्रक्सनलाई ठेका दिएकामा कन्ट्रक्सनले अहिलेसम्म माटोको मात्रै काम गरेको छ । जसका कारण पुरा काम हुन सकेको छैन । सो कन्ट्रकसनलाई पटक–पटक आग्रह गर्दा पनि काम हुन नसेको साहको भनाई छ ।

सो कम्पनीले काममा लापरबाही गरेको भन्दै आफुले तत्काल काम गराउनका लागि जिल्ला प्रशासन, जिल्ला विकास समिति तथा जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाई सकेको पनि उहाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ