arrow

३९ वर्षे इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपति 

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
Emmanuel_Macron.jpg

काठमाडौं । इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

दोस्रो चरणको निर्वाचनमा मध्यमार्गी एवं उदारवादी नेता म्याक्रोन विजयी भएका हुन् । उनले दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल पेनलाई भारी अन्तरले पराजित गरे ।

म्याक्रोनले ६६.६ प्रतिशत तथा पेनले ३३.९४ प्रतिशत मत प्राप्त गरे । 

३९ वर्षीय म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् ।

फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरु भएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टीभन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ