गच्छदारसँग मिलेपछि गोपाल दहित भूमि–सुधार, जितेन्द्र देव पर्यटनमन्त्री
प्रकाशित २०७४ वैशाख २५ सोमबार
631
Shares
काठमाडौं । फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि भएको छ ।
फोरमबाट गच्छदार आफैं उपप्रधानमन्त्री हुँदैछन् । गच्छदारले कमल थापाले छोडेको स्थानीय विकास मन्त्रालय सम्हालेछन् ।
यस्तै, गच्छदारसँगै भरखर थरुहट तराई पार्टी फोरममा गाभेका गोपाल दहित समेत मन्त्रीको सपथ लिँदै छन् । जितेन्द्र देव पनि मन्त्रीको सपथ लिँदै छन् ।
जितेन्द्र देवले संस्कृति पर्यटन र गोपाल दहितले भूमि–सुधार मन्त्रालय सम्हाल्ने लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताए । राज्यमन्त्रीहरुको टुंगो लाग्न बाँकी रहेको उनले बताएका छन् ।