काठमाडौं। काँग्रेस नेता नविन्द्रराज जोशीले एमाले र राप्रपाको गठबन्धनलाई संविधान विरोधी र परिवर्तन विरोधी गठबन्धन भन्दै त्यसले शंका पैदा गरेको बताएका छन् । कांग्रेसको नियमित पत्रकार सम्मेलनमा नेता जोशीले काठमाडौंमा भएको परिवर्तन विरोधी गठबन्धनलाई जनताले रामैसँग मूल्यंकन गरेको बताए ।
‘काठमाडौं महानगरमा संविधान र परिवर्तन विरोधीहरुको गठबन्धन भएको छ यो आफैमा संकास्पद पनि छ,’ जोशीले भने, ‘परिवर्तन विरोधीहरुलाई राजधानीका सचेत जनताले राम्ररी बुझेका छन्, निर्वाचनमा पुग्दासम्म जनताले नै उनीहरुलाई पाठ सकिाउने छन् ।’ जोशीले कांग्रेसले परिवर्तन विरोधीहरुसँग सहकार्य नगरेकै कारण पनि काठमाडौंका जनतामा उत्साह देखिएको बताए ।
नेता जोशीले जनताले सबै कुराको नेतृत्व गरेको नेपाली कांग्रेसलाई संविधानको कार्यान्वयनको पनि नेतृत्व गराउन चाहेको बताए। ‘काँग्रेसको नेतृत्वमा आएका उपलब्धिको कार्यान्वयनका लागि पनि जनताले जनादेश दिदैछन,’ जोशीले भने ।
जोशीले काठमाडौंलाई काँग्रेले नै महानगरपालिका बनाएको भन्दै त्यसको मर्म बुझ्ने नैतृत्व नहुँदा अहलिेसम्म व्यवस्थित हुन नसकेको बताए । ‘महानगर घोषणाको त्यो योजना बुझ्ने नेतृत्व नहुँदा अहिलेसम्म पनि महानगरले वास्तविक स्वरुप धारण गर्न सकेकौ छैन,’ जोशीले भने, ‘अब काँग्रेसकै नेतृत्वमा त्यो क्लिन ग्रिन र समृद्ध नगर निर्माणको परिकल्पना पुरा हुनेछ ।’
स्थानीय सरकार भनेको स्थानीय जनताकै योजना र संलग्नतामा स्थानीय विकास गर्ने सरकार भएकाले त्यसको मर्म निर्वाचन पछिको सरकारले पुरा गर्ने बताए। ‘अब स्थानीय समदायकै योजना र सहभागितामा स्थानीय विकास हुनेछ,’ जोशीले भने, ‘अब त्यो अभ्यास काठमाडौंबाट नैं सुरु हुनेछ ।’ उनले काठमाडौंको धुलो धुवाको नियन्त्रण गर्दै काठमाडौंमा पुरातात्विक पार्क बनाउने बताए । ‘हुनमानढोकामा प्रहरी बसेको स्थानलाई पुरातात्विक पार्कको रुपमा विकास गरिने छ’उनले भने। जोशीले हरेक वार्डमा सामुदायिक केन्द्र स्थापना गरि सूचना केन्द्रका रुपमा विकास गरिने बताए ।