भारतको भरतपुरमा वैवाहिक घर ढल्दा २५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
332
Shares
भरतपुर । भारतको राजस्थानस्थित भरतपुरमा बुधबार राति आँधीबेहरीले एक वैवाहिक समारोह गर्ने घरको पर्खाल ढलेर २५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।
स्थानीय समयअनुसार राति १०ः३० बजे खाना खाइरहेका बेलामा अचानक आँधीबेहरीसहित आएको बर्षाले आत्तिएका उनीहरु पर्खालको सहारामा उभिएका अवस्थामा पर्खालै ढलेपछि च्यापिएर मारिएका हुन् ।
मृत्यु भएकामा पाँच बालबालिका र आठ महिलासमेत छन् ।
अन्नपूर्णा म्यारिज होममा सो समयमा करीब ८०० जना मानिस रहेका थिए ।