arrow

चितवन पुगेर प्रचण्डले भने ‘जय नेपाल’

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
Pm_news.JPG

चितवन । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहालले चितवन पुगेर जय नेपाल भनेका छन् । चितवनमा भएको काँग्रेस–माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जय नेपाल भनेका हुन् ।

प्रधानमन्त्री दाहालले चुनाव आफुहरुले नै जित्ने जिकिर गर्दै चुनाव पछि देशले आर्थिक रुपमा फड्को मार्ने र उज्यालो नेपालको अभियानले झन गति लिने बताए । दाहालले भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारका पक्षमा भोट माग्दै चितवन लोकतन्त्रवादीहरुको किल्ला भएको समेत बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘चितवनमा रेणु दाहाल र पार्वती शाह दुवै महिला मेयर–उपमेयर उठाएर यसै नमुना काम भएको छ । त्यसमा पनि उहाँहरु दुवै जनाले संसारकै नमुना महानगर बनाउनु हुनेछ । त्यो समय आइसकेको छ ।’ प्रधानमन्त्री दाहालले आफुहरुको आशिर्वादले रेणु र पार्वती उम्मेदवार नभएको समेत बताए । दुवैले आफ्नो राजनीतिक धरातल आफै बनाएको भन्दै प्रधानमन्त्री दाहालले दुवैले अत्यधिक वहुमतले जित्ने विश्वास लिँदै ‘जय नेपाल’ भनेर वक्तव्यको विट मारे ।  

चितवनको भरतपुर महानगरमा माओवादी केन्द्र र काँग्रेसले तालमेल गरेका छन् । माओवादी केन्द्रवाट मेयरकी उम्मेदवार प्रधानमन्त्री दाहालकी छोरी रेणु दाहाल र काँग्रेसबाट उपमेयरकी उम्मेदवार पार्वती शाह छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ