arrow

करेन्ट लागेर ज्ञानबहादुरको ज्यान गयो  

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
electric-transmission.jpeg

धनकुटा । धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ । 

बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो । 

जीर्ण भएको पोल फेर्ने क्रममा प्राविधिक ज्ञान नभएका राईलाई पोलको आड लगाउँदा जमिनमा गाडिएको तारमा विद्युत् प्रवाह भएर करेन्ट लागेको हुनसक्ने प्राविधिकहरुको भनाइ छ । 

कोसी पहाडका लागि ३३ केभी प्रसारण लाइनबाट छुट्याइएको तारमा करेन्ट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक राईको धनकुटा अस्पतालमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ