arrow

अन्यायमा परेपछि न्याय माग्दै खेतको बीचमा अनशन

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
court-judgement-in-hashimpura-carnage-narsanhar-kand.jpg.jpeg

ताप्लेजुङ । लेनदेनको विषयमा आफू ठगिएको दाबीसहित सामाजिक न्याय खोज्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ का नवीन गुरागार्इं आमरण अनशनमा बसेका छन् । 

लेनदेन कारोबारमा आफू ठगिएको र कानुनीरुपमा समेत पछि परेकाले सामाजिक न्याय खोज्दै अनशनमा बसेको गुरागार्इंले बताएका छन् । 

उनी बुधबारदेखि खेतको बीचमा रहेको काभ्राको रूखमुनि अनशनमा बसेका हुन् । 

अनशनरत गुरागार्इंका अनुसार सोही वडाका रामप्रसाद बरालबाट उनले केही वर्षअघि रु दुई लाख ऋण लिएर बीचमा रु एक लाख ५० हजार बुझाएका थिए ।

ऋण लिँदा गरिएको कागज च्यातेका थिएनन् । बारम्बार कारोबार हुने र नाताले पनि बराल परिवार मावली ससुराली पर्ने भएकाले कागज नच्यातेको उनले बताए । 

सदरमुकाम नै बसेर व्यापार गर्ने गुरागार्इंलाई व्यापार घाटा लागेपछि तिर्न बाँकी रु ५० हजार बुझाउन सकेनन् । अरू साहुको समेत धेरै ऋण लागेपछि सदरमुकाम छोडेर राजधानीतिर गएर बसे । 

त्यही बीचमा बरालले रु दुई लाखको कागजका आधारमा अदालतमा मुद्दा हाले । अदालतले पनि उनको पक्षमा फैसला गर्यो । 

बरालले रु ५० हजारमा १४ रोपनी खेत लगे । तर तत्कालीन मूल्यका आधारमा थोरै पैसामा धेरै जग्गा गुम्यो भन्दै गुरागाईंले बराललाई सामाजिक रुपमा न्याय गर्न अनुरोध गरे । 

अनुरोध गर्दा बरालले पर्खनुहोस् सबै जग्गा भोगचलन गर्दिन भनेको तर अहिलेसम्म पनि केही नलागेपछि समाजसँग न्याय माग्दै अनशनमा बस्नु परेको गुरागाईंले बताएका छन् ।

उनले रु ५० हजारमा १४ रोपनी जग्गा लगेको दाबी गरेका छन् । 

अहिलेको चलनचल्तीअनुसार सोही ठाउँको जग्गा प्रतिरोपनी रु दुई लाख पर्छ । 

धेरै साहुको ऋणमा परेका गुरागार्इंले अहिलेको मूल्यअनुसार उक्त जग्गा र आफूसँग बाँकी रहेको जग्गासमेत बेचेर वा जग्गा नै दिएर भएपनि साहुको ऋण तिर्ने प्रस्ताव गरेका छन् । 

ऋणकै कारण पुख्र्यौली सम्पत्ति सकिएकाले आफू समस्यामा परेर अनसन बस्नुपरेको उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ