arrow

काँग्रेस नेता भन्छन, ' वुथ कव्जा गर्न नपाएपछि सुनुवारले गोली हाने '

' एमालेका लागि आएका थिए कव्जा गर्न '

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
binod_insp.jpg

दोलखा । स्थानिय तहको चुनावमा यो पटक दोलखा विभिन्न घटनाहरुका कारण चर्चामा रह्यो। यो चुनावले दोलखाका २ छोराहरुलाई खायो। यो सबै घटनाक्रममा राजनीतिक उन्माद जति जिम्मेवार थियो त्योसँगै राज्यले उपलव्ध गराएको असिमित शक्तिका कारण पनि थियो। 

राजनीतिक रुपमा आफ्नो पक्षमा जनमत पार्न राजनीतिक दलहरुले बल प्रयोग गर्न खोजेका घटना दोलखाको विभिन्न गाउँहरुमा देखियो। साथमा प्रहीको ज्यादती पनि दोलखाको चुनावमा देखियो। 

मेलुङ गाविसको पवटीमा आइतवार प्रहरी निरिक्षक विनोद सुनुवारले देखाएको ताण्डव सबैका लागि आङ सिरिङ पार्ने खालको थियो। 

दिउँसो ११ बजेतिर भएको सामान्य विवाद साम्य भईसकेपछि मतदान जारी रहेको बेला करिब ३:३० बजे पानी पर्न थालेको थियो। मतदान गर्न लाईनमा बसेका मतदाता सत्यश्वर उच्च मावि प्राङ्गणमा रहेको बुथ नजिक ओत लाग्न पुगेका थिए। 

त्यही बिचमा मेलुङ क्षेत्रका लागि सुरक्षाको कमाण्ड पाएका ईन्सपेक्टर विनोद सुनुवारको टोली पुग्यो । उनले ओत लागेर बसेका मतदातालाई बाहिर निकाले । केही बेर पछि त्यहाँ एकै पटक (२पेटी) २ सय ओटा मतपत्र हस्ताक्षर भएको भेटेपछि सबैले ईन्सपेक्टरको नियतमाथि शंका व्यक्त गरे। 

इन्सपेक्टर सुनुवार आउने वितिकै एमालेको योजनामा बुथ कब्जाको तयारी भएको आरोप लगाउदै काँग्रेस नेता तथा कार्यकर्ताले बिरोध गरेको काँग्रेस पूर्व सभापति तारा वहादुर कोइरालाले बताए । 

विवाद बढ्दै जाँदा काँग्रेसका वडाध्यक्ष उम्मेद्वार शान्ति कार्की, बुथ प्रतिनिधि सिताराम कोईरालालाई घोक्र्याएर सुनुवारले नै निकाल्न थालेका थिए । त्यहाँ रहेका काँग्रेस कार्यकर्ता विरोधमा उत्रिए । 

काङ्ग्रेस नेता ताराबहादुर कोईरालाले प्रहरी ज्यादतीको प्रतिवाद गरे । सधै सदरमुकाममा प्रहरीसँग उठवस गरेका उनले प्रहीलाई सम्झाउन पनि खोजे। तर उनलाई नै ईन्सपेक्टर सुनुवारले कन्चटमा पेस्तोल तेर्साए । 

लगत्तै आक्रोशित काँग्रेस कार्यकर्ताले मतदान स्थलको तोडफोड गरेका थिए । उनीहरुले मतपेटिका फुटाएर समेत फालिदिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्यो । 

भिड तितरवितर भएपछि प्रहरी विरुद्ध नारा लगाउदै उनीहरु करिब १ सय मिटर पर पुगेपछि ईन्सपेक्टर आफैले फायर खोले । सबै प्रहरीलाई खाजा खुवाएर आफूले भनेको आदेश मान्न सम्झाउँदै पवटी पुगेका उनको आदेशमा प्रहरीले धमाधम गोली बर्साउन शुरु गरे । 

टाउकोमा गोली लागेका एकजना नकुल भुजेल घटनास्थलमै बिते । अरु ११ जनालाई गोली लाग्यो ।गोली लागेर घाइते भएकालाई साँझ मात्र हेलिकप्टरले उपचारका लागि काठमाडौं लगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ