विहान ३ बजेसम्म एमालेको विजयी अग्रतामा काँग्रेस सँगैसँगै, यस्तो छ ५५ स्थानीय तहको पूर्ण विवरण
प्रकाशित २०७४ जेठ ३ बुधबार
769
Shares
काठमाडौं । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचको मत परिणाम आउने क्रम जारी छ । बुधबार बिहान २ बजेसम्मको विवरण अनुसार सो समयसम्म कूल ५५ स्थानीय तहको मत परिणाम आईसकेको छ ।
५३ स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार अहिलेसम्म नेकपा एमाले अग्र पंक्तिमा रहेको छ । एमालेले अहिले कूल २१ स्थानीय तहमा विजय हाँसिल गरिसकेको छ भने कांगेसले कूल १९ स्थानमा अग्रता हाँसिल गरेको छ भने माओवादी केन्द्रले १३ स्थानमा विजय हाँसिल गरेको छ । स्वतन्त्र उम्मेदवारले २ स्थानमा विजय हाँसिल गरेका छन् ।
प्राप्त विवरण अनुसार नेकपा एमाले कूल ३ नगरपालिकामा विजयी भएको छ भने कूल २ स्थानीय तहमा उपमेयरमा एमाले विजयी भएको छ । कांग्रेस एउटा नगरपालिमामा मेयरमा विजयी भएको छ भने उपमेयरमा काँग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन। माओवादीले एक नगरपालिमामा मेयर र उपमेयर पनि जितेको छ । बाँकी तीनै पार्टी गाउँपालिकामा विजयी भएका छन् ।
जसमध्य एमाले १८ प्रमुख र १६ उपप्रमुख, काँग्रेस १८ गाउँपालिका प्रमुख र १६ उपप्रमुख, माओवादी केन्द्रको ११ वटा प्रमुख र ११ वटै उपप्रमुख विजयी भएका छन् ।
विजयी (अध्यक्ष/मेयर)
रसुवा:-उत्तरगया गाउँपालिका
अध्यक्ष उपेन्द्रराज लम्साल (१,६३०) कांग्रेस
रसुवा:-गोसाईकुण्ड गाउँपालिका
अध्यक्ष कैसाङ नुर्पु तामाङ (१,८२८) एमाले
सिन्धुली:-गोलन्जोर गाउँपालिका
अध्यक्ष पुष्पबहादुर कार्की (३,३७६) कांग्रेस
सिन्धुली:-मरिण गाउँपालिका
अध्यक्ष पानीराज बम्जन (४,४८४) माओवादी केन्द्र
ललितपुर:-कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष गोपिलाल सिन्ताङ (१,७९८) माओवादी केन्द्र
ललितपुर:-महाङ्काल गाउँपालिका
अध्यक्ष रामचन्द्र दाहाल (२,०८०) एमाले
गोरखा :-चुमनुव्री गाउँपालिका
अध्यक्ष धनबहादुर गुरुङ (१,२५३) कांग्रेस
तनहुँ:-देवघाट गाउँपालिका
अध्यक्ष दुर्गाबहादुर थापा (२,८८९) एमाले
तनहुँ:-बन्दिपुर गाउँपालिका
अध्यक्ष पुर्णसिंह थापा (२,४४२) माओवादी केन्द्र
लम्जुङ्ग:-मध्यनेपाल नगरपालिका
मेयर रमेशकुमार पाण्डे (५,९६८)कांग्रेस
कास्की:-रुपा गाउँपालिका
अध्यक्ष नवराज ओझा (४,२२२) एमाले
कास्की:-मादी गाउँपालिका
अध्यक्ष बेदबहादुर गुरुङ (४,६३७) एमाले
कास्की:-माछापुछ्रे गाउँपालिका
अध्यक्ष कर्णबहादुर गुरुङ (३,२२७) एमाले
मनाङ:-नाशोङ गाउँपालिका
अध्यक्ष चन्द्र घले कांग्रेस
मनाङ:-चामे गाउँपालिका
अध्यक्ष लोकेन्द्र बहादुर घले (२१४) एमाले
मनाङ:-नार्फु गाउँपालिका
अध्यक्ष मिङमाछिरिङ लामा कांग्रेस
मनाङ:-नेस्याङ गाउँपालिका
अध्यक्ष कान्छा घले (६२७) एमाले
मुस्ताङ्ग:-बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
अध्यक्ष फेन्चोकछेप्तेन गुरुङ (६५४) कांग्रेस
मुस्ताङ्ग:-घरपझोङ गाउँपालिका
अध्यक्ष आशबहादुर थकाली (४५४) एमाले
मुस्ताङ्ग:-थासाङ गाउँपालिका
अध्यक्ष बुद्धि शेरचन (७२८) कांग्रेस
मुस्ताङ्ग:-लोमन्थाङ गाउँपालिका
अध्यक्ष सुवर्णकुमार बिष्ट (६०३) कांग्रेस
पर्वत :-महाशिला गाउँपालिका
अध्यक्ष राजुप्रसाद पौडेल (२,४५३) एमाले
पर्वत :-पैयूं गाउँपालिका
अध्यक्ष खगेन्द्र तिवारी (३,४३१) कांग्रेस
स्याङ्जा :-फेदीखोला गाउँपालिका
अध्यक्ष घनश्याम सुवेदी (३,८०६) एमाले
स्याङ्जा :-हरिनास गाउँपालिका
अध्यक्ष खिमनारायण मानन्धर (३,००८) एमाले
नवलपरासी:-त्रिवेणीसुस्ता गाउँपालिका
अध्यक्ष डम्वर जिसी (६,९०९) कांग्रेस
नवलपरासी:-बुङ्दीकाली गाउँपालिका
अध्यक्ष दुर्गाबहादुर राना (३,१९१) कांग्रेस
बाग्लुङ:-तमानखोला गाउँपालिका
अध्यक्ष जोकलाल बुढा (२,२१९) कांग्रेस
हुम्ला :-ताजाकोट गाउँपालिका
अध्यक्ष वाग्दल मल्ल (१,३७१) माओवादी केन्द्र
कालिकोट:-सान्नी त्रीवेणी गाउँपालिका
अध्यक्ष डम्बरबहादुर शाही (१,७३३) माओवादी केन्द्र
जुम्ला:-सिंजा गाउँपालिका
अध्यक्ष देवलसिंह रावल (१,४३०) कांग्रेस
जुम्ला:-हिमा गाउँपालिका
अध्यक्ष रजबहादुर शाही (१,३१७) माओवादी केन्द्र
जुम्ला:-तिला गाउँपालिका
अध्यक्ष (१,७६८) एमाले
जुम्ला:-गुठीचौर गाउँपालिका
अध्यक्ष हरिबहादुर भण्डारी (१,५९६) माओवादी केन्द्र
जुम्ला:-पातारासी गाउँपालिका
अध्यक्ष लक्षिमण बोहरा (२,३११) कांग्रेस
दैलेख :-नारायण नगरपालिका
मेयर रन्नबहादुर खड्का (४,७२५) एमाले
दैलेख :-डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष नगेन्द्रबहादुर मल्ल (२,७८७) कांग्रेस
दैलेख :-भैरवी गाउँपालिका
अध्यक्ष प्रेमबहादुर बढा (६३३) एमाले
जाजरकोट:-भेरी नगरपालिका
मेयर सीपी धर्तीमगर (३,९००) एमाले
जाजरकोट:-कुसे गाउँपालिका
अध्यक्ष हरिचन्द्र बस्नेत (२,५०८) कांग्रेस
जाजरकोट:-सिवालय गाउँपालिका
अध्यक्ष नरेन्द्रबहादुर शाही (२,०७३) एमाले
डोल्पा:-ठुलिभेरी नगरपालिका
मेयर गणेशबहादुर शाही (१,४७३) एमाले
डोल्पा:-शे फोक्सुण्डो गाउँपालिका
अध्यक्ष टसीतुण्डुप गुरुङ एमाले
डोल्पा:-जगदुल्ला गाउँपालिका
अध्यक्ष नारसिंह रोकाया (५५६) माओवादी केन्द्र
डोल्पा:-मुड्केचुला गाउँपालिका
अध्यक्ष दत्तबहादुर शाही (९३३) माओवादी केन्द्र
डोल्पा:-काइके गाउँपालिका
अध्यक्ष अगद राना (९२०) एमाले
सल्यान:-दार्मा गाउँपालिका
अध्यक्ष निमबहादुर केसी (३,६९४) माओवादी केन्द्र
सल्यान:-ढोरचौर गाउँपालिका
अध्यक्ष चित्रबहादुर चलाउले (१,९२५) एमाले
रुकुम :-मुसिकोट नगरपालिका
मेयर देवीलाल गौतम (४,३५०) माओवादी केन्द्र
रुकुम :-सानीभेरी गाउँपालिका
अध्यक्ष नरबहादुर पुन (४,६५०) माओवादी केन्द्र
डोल्पा:-डोल्पा वुद्ध गाउँपालिका
अध्यक्ष पेम्बा गुरुङ (५५३) स्वतन्त्र
मुस्ताङ्ग:-दालोमे गाउँपालिका
अध्यक्ष राजु विष्ट (७५५) स्वतन्त्र
विजयी (उपाध्यक्ष/उपमेयर)
रसुवा:-उत्तरगया गाउँपालिका
उपाध्यक्ष चमेली गरुङ (१,८७८) एमाले
रसुवा:-गोसाईकुण्ड गाउँपालिका
उपाध्यक्ष करग्याल्पो श्रेष्ठ तामाङ (१,७४०) एमाले
सिन्धुली:-गोलन्जोर गाउँपालिका
उपाध्यक्ष गंगादेवी कार्की (३,२८७) कांग्रेस
सिन्धुली:-मरिण गाउँपालिका
उपाध्यक्ष संगीता माझी (४,२२३) माओवादी केन्द्र
ललितपुर:- कोन्ज्योसोम गाउँपालिका
उपाध्यक्ष मिङ्मा ब्लोन (१,९३३) माओवादी केन्द्र
गोरखा:-चुमनुव्री गाउँपालिका
उपाध्यक्ष कुमारी गुरुङ (१,२८५) माओवादी केन्द्र
तनहुँ:-देवघाट गाउँपालिका
उपाध्यक्ष बिमला थापा (२,८६०) कांग्रेस
तनहुँ:-बन्दिपुर गाउँपालिका
उपाध्यक्ष करुणा गुरुङ (२,३१०) माओवादी केन्द्र
कास्की:-रुपा गाउँपालिका
उपाध्यक्ष लालशोभा गुरुङ (४,०१३) एमाले
कास्की:-मादी गाउँपालिका
उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेल (४,५२३) एमाले
कास्की:-माछापुछ्रे गाउँपालिका
उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी (३,०२४) एमाले
मनाङ:-नाशोङ गाउँपालिका
उपाध्यक्ष कमलमाया गुरुङ कांग्रेस
मनाङ:-चामे गाउँपालिका
उपाध्यक्ष मन्द्रिजंग गुरुङ (१६९) कांग्रेस
मनाङ:-नार्फु गाउँपालिका
उपाध्यक्ष फुर्पाजोम्पा लामा कांग्रेस
मनाङ:-नेस्याङ गाउँपालिका
उपाध्यक्ष मिङखु गुरुङ (६११) एमाले
मुस्ताङ्ग:-बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
उपाध्यक्ष ढिकी गुरुङ (६४५) एमाले
मुस्ताङ्ग:-घरपझोङ गाउँपालिका
उपाध्यक्ष शर्मीला गुरुङ (७०७) एमाले
मुस्ताङ्ग:-लोमन्थाङ गाउँपालिका
उपाध्यक्ष पेमाडोल्मा बिष्ट (६५२) कांग्रेस
मुस्ताङ्ग:-दालोमे गाउँपालिका
उपाध्यक्ष ढोका गुरुङ (६०१) एमाले
पर्वत :-पैयूं गाउँपालिका
उपाध्यक्ष जसमती गुरुङ (३,१८४) कांग्रेस
स्याङ्जा :-फेदीखोला गाउँपालिका
उपाध्यक्ष देवी थापा (३,४२८) एमाले