arrow

जीतपुरमा पल्टियो रात्रिबस, दुर्इको ज्यान गयो

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार

काठमाडौ ।  बाराको जीतपुरमा रात्रि बस दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख १६१४ नम्वरको रात्रि बस जीतपुरको आधाभार जंगलमा दुर्घटना भएको हो । यसरी मृत्यु हुनेमा धनुषा जिल्ला बारापट्टीकी ३२ वर्षीया रिना देवी शाह र महोत्तरी रतलौली ६ का ४० वर्षीय बल्ला यादव रहेका छन् । 

दुर्घटनामा परी २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ घाईतेको उपचारका लागि तराई सिमरा अस्पताल बारा पुर्‍याई सकेको प्रहरीले जनाएको छ । दूर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।  दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ