arrow

चोरीपैठारीका सुरक्षित बन्यो बसही-आनन्दबजार नाका 

चोरीपैठारीको मालसमान सशस्त्रद्वारा बरामद

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ जेठ ८ सोमबार
punarbas_hatbazaar.jpeg

पुनर्बास कञ्चनपुर । सर्बसाधारणका लागि नेपाल-भारत आउजाउमा रोक लागेको पुनर्वासको बसही - आनन्दबजार सीमा नाका यति बेला चोरीपैठारीका लागि सुरक्षीत मार्ग बन्न पुग्दा राजस्वमा चुहावट बढेर गएको छ ।

नेपाल भारत सीमा नाका बन्द गर्ने अभियानको नाटक चर्को रुपमा गरिदै आए पनि हिजो सशस्त्र प्रहरीको बेलौरी स्थित बोडर आउट पोस्टको टोलिले रासायनिक मल र बोइलर कुखुरा पुनर्बासमा अबैध रुपमा ल्याउदै गर्दा बरामद गरे पछि चोरीपैठारी बढेको पुष्टि भएको छ । सीमावर्ती भारतीय बजार बसहीबाट ल्याउदैँ गरेको  ६ कट्टा युरीया मल र  बोइलर कुखुरा  नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीका प्रहरी निरीक्षक राम बहादुर खत्रीले जानकारी दिए। 

गत फागुन २६ को घटना पश्चात् आवागमनमा बन्देज लगाईएको भनिएको गोबिन्दबजार- बसही नाका सर्बसाधारणका निम्ति कडाई र पुनर्बासका तस्करहरुका लागि भने सुरक्षित बनेको छ । आनन्दबजार स्थित निर्माणाधिन कलभर्टको बिषयलाई लिएर भएको भारतीय हस्तक्षेप को बिरोधका क्रममा सृजना भएको गोलिकाण्ड पश्चात् प्रशासनले सील गरेको नाका अहिले चोरीपैठारीकालागी सुरक्षित बनेको छ । 

सो लगायत दक्षिणी भेगका अबैध नाका बन्द गर्नु पर्ने भन्दै सीमा संघर्ष समिति र आइबिआरडीका ब्यापारीले प्रदर्शन र जनचेतना अभियान बेला मौकामा गरे पनि रातीमा बसही नाकाबाट हुने तस्करी रोक्न कसैको ध्यान जान सकेको छैन । चोरीपैठारी गरि राजस्वमा हुने गरेको चुहावट रोक्न बेवास्था हुँदै आएको आनन्दबजार-बसही नाका सर्बसाधारणका निम्ति भने सबैले कडाइ गर्दै आएका छन् ।

यसरी नै भारतबाट बेलौरी नगरपालिका १, बैशाखी हुदै नेपाल भित्रिदै गरेको अवस्थामा आज बिहान करीब ६ बजेतिर अवैध हार्डवेयरका समान लगायत अन्य भाडाँकुडाँ तथा कपीहरु बैशाखीमा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीका असई डम्बर सिहं बोहराको नेतृत्वमा खटिएको टोलीले करीब ३० हजार मूल्य बराबरको समान बरामद गरेको हो । 

यसरी अवैध सामान नेपाल भित्रिने क्रम बढ्दै गर्दा यो क्रमलाई रोक्न र स्थानिय निर्वाचनलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था बढाउन आफुहरु क्रियाशील रहेको सशस्त्र प्रहरी निरीक्षक खत्रीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ