प्रधानमन्त्रीद्वारा संसद्मा विशेष सम्बोधन गर्ने, राजीनामाको संभावना
प्रकाशित २०७४ जेठ ९ मंगलबार
338
Shares
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्न सक्ने बताइएको छ। अपराह्न १३:०० बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए। रासस