प्रधानमन्त्रीको सम्बोधन सिंहदरबारबाटै, संसदमा राजीनामाको घोषणा गर्न पाएनन्
प्रकाशित २०७४ जेठ १० बुधबार
363
Shares
काठमाडौं । प्रमुख विपक्षी एमालेसहितका दल संसदको अवरोध हटाउन राजी नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरवारबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
अपरान्ह ४ बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सिंहदरबारकै सम्बोधनबाट प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने समेत बताइएको छ । एमालेले संसद चल्न नदिएपछि प्रधानन्त्रीले राजीनामाको घोषणा समेत गर्न पाएका छैनन् ।
प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । मंगलबार पनि एमालेले सदन अवरुद्ध पार्ने भनेपछि संसद बैठक वुधबार विहान ११ बजेका लागि सारिएको थियो । यद्यपि, वुधबार समेत शीर्ष नेताहरुबीच सदन खोल्ने विषयमा सहमति नजुटेपछि विहिबार ४ बजेसम्मका लागि स्थगित भएको छ ।