arrow

डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
migrants-accident.jpg

रोम । लिबियाको तटमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको ज्यान गएको छ । 

अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । 

इटालियन तटरक्षक टोलीका अनुसार आप्रवासी सवार सो डुंगामा करिब ५ सय जना थिए ।

५० हजार भन्दा बढी आप्रवासी यो वर्ष इटाली पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ