काठमाडौं । नेपाल प्रेस युनियनले रजत वर्ष समापन तथा २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छ ।
सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता, बरिष्ठ नेता एवं नेताहरूको उपस्थितिमा बानेश्वरस्थित थापागाउँ बैङ्केटमा शनिबार बिहान ८ः३० बजे विशेष कार्यक्रम हुँदैछ ।
०४८ सालमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र जेपी गुप्ताको नेतृत्वमा व्यवसायीक पत्रकारिताको हक हित र मुलुकभरका लोकतन्त्रवादी, कलमजीवी र श्रमजीवीहरुको आस्थाको धरोहर बनाउने उद्धेश्यले नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।
त्यसपछि प्रेस युनियन निरन्तर रुपले पत्रकार हकहितका लागि लागिरहेको छ ।
नेपाल पत्रकार महासंघप्रतिको भरोसा गुम्दै गएको बेला श्रमजिवी पत्रकारहरुको भरोसाको केन्द्र बन्ने पालो प्रेस युनियनको भएकोसमेत तर्क गर्न थालिएको छ ।
प्रेस युनियनका ७२ जिल्लामा शाखा रहेका छन् भने मुलुकभर ७ हजार बढी सदस्य रहेका छन् । त्यस्तै आठ वटा प्रतिष्ठान रहेका छन् ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले यो वर्षभरमै बाँकी रहेका ३ जिल्लामा पनि शाखा बिस्तार गर्ने जनाएका छन् ।