arrow

नेपाल प्रेस युनियनले २६ औं स्थापना दिवस मनाउँदै

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियनले रजत वर्ष समापन तथा २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छ ।

सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता, बरिष्ठ नेता एवं नेताहरूको उपस्थितिमा बानेश्वरस्थित थापागाउँ बैङ्केटमा शनिबार बिहान ८ः३० बजे विशेष कार्यक्रम हुँदैछ । 

०४८ सालमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र जेपी गुप्ताको नेतृत्वमा व्यवसायीक पत्रकारिताको हक हित र मुलुकभरका लोकतन्त्रवादी, कलमजीवी र श्रमजीवीहरुको आस्थाको धरोहर बनाउने उद्धेश्यले नेपाल प्रेस युनियनको स्थापना भएको थियो । 

त्यसपछि प्रेस युनियन निरन्तर रुपले पत्रकार हकहितका लागि लागिरहेको छ । 

नेपाल पत्रकार महासंघप्रतिको भरोसा गुम्दै गएको बेला श्रमजिवी  पत्रकारहरुको भरोसाको केन्द्र बन्ने पालो प्रेस युनियनको भएकोसमेत तर्क गर्न थालिएको छ । 

प्रेस युनियनका ७२ जिल्लामा शाखा रहेका छन् भने मुलुकभर ७ हजार बढी सदस्य रहेका छन् । त्यस्तै आठ वटा प्रतिष्ठान रहेका छन् । 

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले यो वर्षभरमै बाँकी रहेका ३ जिल्लामा पनि शाखा बिस्तार गर्ने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ