arrow

भ्रष्टाचार र सुशासन सम्बन्धी गोष्ठी सम्पन्न

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
review_news.jpg

काठमाडौं । समाजमा देखिएको भ्रष्टाचार र भ्रष्टाचारजन्य सामग्रीको नियन्त्रणको लागि राजधानीमा भ्रष्टाचार र सुशासन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । नेशनल युनियन अफ जर्नालिष्ट, पिपुल्स रिभ्यू साप्ताहिक र एफईएस संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा उपस्थितहरुले भ्रष्टाचार मुक्त र सुशासन युक्त समाज निर्माणमा जोड दिएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व मन्त्री श्रीष शम्सेर राणाले जनताप्रति उत्तरदायी हुन नसकेको राजनीतिले मुलुकलाई कहाँ पुर्याउने हो भन्ने विषयमा चिन्ता व्यक्त गरे । विचौलिया अर्थतन्त्र र राजनीतिले मुलुक र जनता प्रति नै प्रश्न चिन्ह उठ्दै गएको टिप्पणी गर्दै उनले सबै तिर विचौलिया हाँगा विगा यत्रतत्र हुँदै गए मुलुकको अर्थतन्त्र भासिने धारणा व्यक्त गरे । नागरिकलाई सेवा प्रदानमा राष्ट्र सेवकहरुको भूमिका नाम दिईएको गोष्ठीमा बोल्दै राणाले राजनीतिक शुद्धीकरण नभएसम्म राज्यका कुनैपनि संयन्त्र, निकायमा पद्धतिको विकास हुन नसक्ने दावी गरे । 

उनले सञ्चार क्षेत्रले पनि राजनीतिक साझेदारीको रुपमा कामगरेर यसको शुद्धीकरण गर्न सक्यो भने अहिले देखिएका विकृती विसंगती रोक्न सम्भव भएको उल्लेख गरे । समग्रमा भ्रष्टाचार मुक्त समाज र शुसाशन युक्त मुलुक कसरी निमार्ण गर्ने भन्ने कार्यक्रमा राणाले चर्चा गरेका थिए ।

त्यसैगरी एफईएस नेपाल प्रमुख एनेटे सिलिच्टले भ्रष्टाचार र सुशासन बारे बोल्दै नेपालको संविधानले भ्रष्टाचार मुक्त शासनको कल्पना गरेको बताए । विगत दुई दशक देखि एफईएस जर्मनी संस्थाले नेपालले प्रजातन्त्र सुदृढीकरण राजनीतिक स्थायित्वको लागि भुमिका निर्वाह गरेको सिलिच्टले बताए ।  


त्यस्तै, पुर्व परराष्ट्र मन्त्री हिरण्यलाल श्रेष्ठले हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छेलाई नेतृत्व दिने परिपाटीको विकास जब सम्म हुँदैन तबसम्म समाजले सुशासाको प्रत्याभुती गर्न नसक्ने दावी गरे । लाभका पदमा आफ्ना मान्छेलाई मनोनित गर्ने परिपाटिको अन्त्य हुनु पर्छ, र मिडिया पनि स्वच्छ निष्पक्ष हुन जरुरी रहेको उनको बुझाई थियो । कार्यक्रममा पिपुल्स रिभ्यू साप्ताहिक प्रधान सम्पादक पुष्पराज प्रधानले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ