arrow

स्याहारसुसार गर्ने सुसारेलाई नै बाघले खाइदिएपछि !

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
tiger-woman.jpg

इंगल्याण्ड। इंगल्याण्डको क्याम्ब्रिजशायरस्थित रहेको चिडियाखानामा स्याहारसुसार गर्ने सुसारे महिलालाई बाघले मारेको छ। चिडियाखानामा जंगली जनावरलाई आहारा खुवाउने ३३ वर्षीया महिलालाई बाघले झम्टेर मारेको हो। ३३ वर्षीया रोसा किंगलाई चिडियाखानाको बारभित्र रहेको बाघले बार तोडेर बाहिर आई महिलामाथि आक्रमण गरेको थियो। स्थानीय समयअनुसार सोमबार बिहान ११ः५० बजे बाघले झम्टेर किंगलाई निल्नै लाग्दा अन्य चिडियाखानाका कामदारले शरीर मुक्त गराएका थिए। 

घटनाका समयमा एक सय बढी सर्वसाधारण चिडियाखानामा पुगेका थिए। उनीहरुलाई सुरक्षित स्थानमा लगिएको थियो। रिसाएको बाघलाई संघर्षगरी नियन्त्रणमा लिइएको प्रहरीलाई उधृत गर्दै डेलीमेलले जनाएको छ। उक्त चिडियाखानामा एक सय प्रजातिका पाँच सय जंगली जनावर राखिएको छ। मारिएकी ती साहसी महिला यसअघि बाघसंग निकै रमाउने गर्थिन्। उक्त घटनापछि चिडियाखाना तत्कालका लागि सर्वसाधारणलाई भ्रमण गर्नबाट रोक लगाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ