arrow

यमन पूर्ण पतनको अवस्थामा, ७० लाख मानिस भोकमरीको चपेटामा 

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
yaman.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको द्वन्द्वका कारण यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पूर्ण पतनको अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

राष्ट्र संघले यमनलाई पतनको अवस्थाबाट मुक्त गर्न तत्काल सहयोग र प्रभावकारी कामको खाँचो रहेकोसमेत जनाएको छ ।

यमनमा मानवीय संकटको अवस्था भयावह बन्दै गएको समेत राष्ट्रसंघको ठम्याई छ । 

७० लाख मानिस भोकमरीको चपेटामा रहेको राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघले यमनका नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताएको छ । हैजाग्रस्त यमनमा ५०० बढीको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ