देउवाको मन्त्रीमण्डलमा दोहोरिने सम्भावना भएका मन्त्रीहरु
प्रकाशित २०७४ जेठ १७ बुधबार
346
Shares
काठमाडौं । नयाँ सरकार गठनको तयारीमा काँग्रेस सभापति शेर बहादुर देउवा अन्तिम कसरतमा छन्। सहमतीय सरकारको सम्भावना नरहेपछि करिव साँढे ३ सय सांसदको समर्थन सहित देउवा यसै हप्ता प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ ।
देउवा प्रधानमन्त्री बन्ने चर्चासँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका केही मन्त्रीहरु दोहोरिने चर्चा व्यापक भएको छ । यसरी चर्चामा रहेका मन्त्रीहरुमा काँग्रेस र माओवादी दुवै दलका रहेका छन्।
काँग्रेसबाट ५ जनासम्म मन्त्री दोहोरिन सक्ने सम्भावना रहेको छ भने माओवादीबाट जनार्दन शर्मा दोहोरिन सक्ने सम्भावना रहेको माओवादी स्रोत बताउँछ । काँग्रेसबाट उद्योग मन्त्रीमा राम्रो काम गरेर प्रशंसा कमाएका नविन्द्रराज जोशीको सम्भावना वढी छ । उनलाई काँग्रेस नेता रामचन्द्र पौडेलले ल्याउन चाहेका छन् ।
सिंचाइ मन्त्री दिपक गिरीले पनि लो प्रोफाइलमा बसी सिंचाइको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसा कमाउन थालेका छन्। उनलाई काँग्रेस महामन्त्री शशांक कोइरालाले फेरि मन्त्री बनाउन चाहेको बताइन्छ । प्रचण्ड नेतृत्वको सरकारमा पनि गिरी कोइरालाकै सिफारिसमा मन्त्री बनेका थिए।
प्रचण्ड नेतृत्वमा रहेको सरकारमा राम्रो काम गरेको भनेर जनस्तरमा समेत लोकप्रियता कमाएका स्वास्थ्यमन्त्री गगन थापा र उर्जामन्त्री जनार्दन शर्मालाई अहिलेकै मन्त्रालयमै दोहोर्या्उन सम्वन्धित पार्टीमा नागरिकस्तरबाट दवाव छ। उनीहरुको बारेमा काँग्रेस र माओवादीले के निर्णय लिन्छन त्यसको बारेमा केहि दिनमा थाहा लाग्ने नै छ। उनीहरुलाई नदोहोर्योएको अवस्थामा पनि ती मन्त्रालयमा उनीहरुले तय गरेको मापदण्डमा काम गर्न नयाँ अनुहारहरुलाई सहज हुने छैन। नयाँ मन्त्रीले त्यहाँ खरो उत्रनु पर्ने हुन्छ।
त्यस्तै, प्रचण्ड सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि नयाँ सरकारमा दाेहाेरिने सम्भावना देखिएको छ । उनले सरकार छँदा सरकार सञ्चालनमा राम्राे भूमिका निर्वाह गरेको पार्टीको प्रचारप्रसार समितिको समितिको संयोजक बनेर पनि उल्लेखनीय काम गरेकोले उनी पनि नयाँ मन्त्रीमण्डलमा दाेहोरिने सम्भावना बढेको हो ।