arrow

देउवा हतार–हतार ओली निवास बालकोट

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
deuba-oli.jpg

काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्न भन्दै काँग्रेस सभापति शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका छन् ।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिएपछि देउवा ओलीलाई सहयोग गर्न भन्दै बालकोट पुगेका हुन् । देउवाको साथमा गृहमन्त्री विमलेन्द्र निधि लगायतका नेताहरु बालकाेट पुगे ।

सभापति देउवाले निर्वाचन आयोगको निर्णयलाई लिएर आइतबार संसद अवरोध नगर्न आग्रह गरेको नेताहरुले बताएका छन् ।

शनिबार निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका १९ मा पुनःमतदान गर्नुपर्ने निर्णय गरेपछि एमाले आक्रोशमा आएको छ । एमाले स्थायी समिति बैठकले सदन चल्न नदिने निर्णय गरेपछि देउवा ओली फकाउन बालकोट पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ