arrow

देउवाले भोट माग्दा राजपा नेताहरुले के भने ?

एमाले तगारो बन्ने

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
congress-_rajpa.jpg

काठमाडौं । नयाँ सरकार गठनको दौडमा रहेको नेपाली काँग्रेसले राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग प्रधानमन्त्री निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवालाई सघाउन प्रस्ताव गरेको छ । यसमा राजपा सकारात्मक देखिएको छ ।  

सभापति देउवाले माओवादी, फोरम लोकतान्त्रिकसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा उम्मेदवारी दिएका छन् । प्रमुख विपक्षी एमालेले उम्मेदवारी दिएन । एमालेले संसद अवरुद्ध गर्ने अडान कायमै राखेको छ ।  

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा शनिबार भएको छलफलमा देउवाले भोट मागे । जवाफमा राजपाका नेताहरुले आफूहरुले उठाएका मागमा सहमति हुने शर्तमा विगतमा पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताए ।  

बैठकमा राजपाका नेताहरुले प्रधानमन्त्रीको रुपमा देउवालाई शुभकामना दिएको तर, समर्थनबारे आइतबारमात्रै निर्णय गर्ने जानकारी दिएको गृहमन्त्री विमलेन्द्र निधिले बताए ।

चितवनको भरतपुर महानगर १९ नम्बर वडामा पुनः मतदान गरिनुपर्ने भन्दै निर्वाचन आयोगले गरेको निर्णयलाई लिएर एमालेले संसद चल्न नदिने निर्णय गरेको छ ।

एमाले अध्यक्ष ओलीले यस कुरालाई यत्तिकै टुंगियो भन्ने कुरा सत्तापक्षले नसोचे हुन्छ भन्दै, आफुहरु निर्वाचन आयोगको निर्णयको विरोध गर्ने र यस सम्बन्धमा विविध उपचा खोज्ने बताए ।

एमाले आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ । लोकतान्त्रिक मूल्यमान्यता, संविधानको केही पालना भएन, ओलीले भने, ‘यो उपहास हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ