arrow

लन्डन आतंकमा संलग्न १२ पक्राउ, मृतक १०, गम्भीर २१ 

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
london-attack1.jpg

लन्डन । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिज र नजिकैको बजारमा आतंककारी आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । घटनामा ७ सर्वसाधारण र ३ आतंककारीसहित १० जनाको मृत्यु भएको छ । 

भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । 

जवाफी कार्वाहीमा प्रहरीले तीन जना संदिग्धलाई गोली हानी मारेको थियो । 

घटनामा ४८ जना घाइते भएकामा २१ जनाको स्वास्थ्य गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई विभिन्न पाँच अस्पतालमा उपचार गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ