arrow

मेची राजमार्ग अवरुद्ध, यात्रु अलपत्र, स्काभेटर जुटाउने प्रयास

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
Taplejung_District.png

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ । 

आइतबार रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ । 

यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

यस्तै पहिरो पन्छाउन पाँचथरबाट समेत स्काभेटर मेसिन झिकाइएको छ भने पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध भएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने छ वटा बस र दर्जनौँ ट्याक्सी रोकिएर रहेका छन् भने यात्रु अलपत्र परेका छन् । 

बर्सेनि वर्षात्को समयमा सोही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ