arrow

लण्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
united_nation_general_secretary.jpg

संयुक्त राष्ट्रसङ्घ । मध्य लण्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गरेका छन् ।  

महासचिवले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको महासचिवका प्रवक्ता स्टेफान डुजार्रिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आतङ्कवाद, हिंसा र अतिवादविरुद्ध लड्नको आफू सधैँ बेलायती सरकार र जनताको साथमा रहेको पनि जारी विज्ञप्तिमा जनाइएको छ । बेलायती सञ्चार माध्यमहरुले आइतबार यस आक्रमणको इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार सम्प्रेषण गरेको थियो ।

बेलायती प्रहरीले यस आक्रमणमा संलग्नता रहेको आशङ्कामा १२ व्यक्तिलाई पक्राउ गरेका छन् । लण्डनमा गत जुन ३ मा भएको यस आतङ्ककारी आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य ४८ घाइते भएका छन् । घाइते भएका ती ४८ मध्ये २१ को अवस्था गम्भीर रहेको बताइएको छ ।

लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले जथाभावी रुपमा छुरा प्रहार गरेको यस दुईवटा आतङ्ककारी घटना भएको थियो ।

यस घटनामा संलग्न भएका तीनजना संदिग्ध हमलाकारी प्रहरीले हानेको गोलीबाट मारिएका थिए । प्रहरीको गोलीबाट मारिने ती हमलाकारीको पहिचान प्रहरीलाई थाहा भएको जानकारी लण्डन प्रहरीले दिएको छ ।

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०:३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते भएका घटनाको दुई हप्ता बित्न नपाउँदै पुनः यो आक्रमण भएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ