arrow

चौथो पटक प्रधानमन्त्री बन्दै शेरबहादुर देउवा, दुई तिहाइको नजिक

निधिको एमालेलाई मीठो व्यङ्ग्य  

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
sher-bahadur-deuba.jpg

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बन्दैछन् । मंगलबार दिउँसो शीर्ष नेताहरुले संसदमा सम्वोधन गरेपछि हुने निर्वाचन प्रक्रियामा देउवा प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् ।

बहुमत प्राप्त भए पनि उनी दुई तिहाइ मतका साथ प्रधानमन्त्री बन्न लालायित देखिएका छन् ।

काँग्रेस नेता विमलेन्द्र निधिका अनुसार अहिलेसम्म देउवाका लागि ३९१ मत आउने पक्का भइसकेको छ । संसदमा रहेका सांसद संख्या ५९३ मा ३९६ मत ल्याउने हो भने दुई तिहाइ हुन्छ । त्यसका लागि प्रयास भइरहेको काँग्रेसले जनाएको छ । 

दुई तिहाइ नजिक पुग्ने निश्चित जस्तै भएपछि निधिले ट्वीटरमा ट्वीट गरेका छन् –‘प्रधानमन्त्री पदको निर्वाचनमा शेरबहादुर देउवाले ३९१ मत पाउने पक्का भयो, अरु पनि आउँदै, एमालेसंग उम्मेदवार पनि छैन, मत पनि छैन, खाली फत्–फत् छ ।’

देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । पछिल्लो पटक तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए । 

उनी मुलुकमा गणतन्त्र आएपछिका १० औं प्रधानमन्त्रीसमेत बन्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ