रामेछाप । अत्याधिक मात्रामा वढेको गर्मीले मन्थली वजार र आसपासको जनजीवन अस्तव्यस्त भएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा एकाएक तापक्रम वढेका कारण यहाँको जनजीवन अस्तव्यस्त वनेको हो ।
दिउँसो गर्मी भएपनि विहान वेलुकाको अवस्था भने सामान्यजस्तै हुने गरेको मन्थलीमा अहिले तापक्रम ह्वात्तै वढेको अनुभव सर्वसाधारणले गरेका छन् । यसरी अहिले मन्थलीको तापक्रम दिनहुँ जसो वढेर ३४ देखि ४३ डिग्रि सेल्सीयस सम्म पुग्ने गरेको छ ।
गर्मीसंगै मन्थलीका जुस र लस्सी पसलहरुमा पेय पदार्थको कारोवार समेत वढेको छ । त्यसैगरि तामाकोसी नदिमा विहान देखि वेलुकासम्म नुहाउने र पौडी खेल्ने सर्व साधारणको संख्यामा पनि निकै वृद्धि गरेको छ । गर्मिका कारण घर भित्र वस्न सक्ने अवस्था नभएपछि सर्वसाधारणहरु निदाउनका लागि घरको छत र चौतारीमा पुग्ने गरेको स्थानिय व्यापारी सुन्दर लामाले वताए ।
गत वर्षको तुलनामा यस वर्ष वढेको गर्मीको कारण मुख्य वजार झनै प्रभावित वनेको स्थानिय वासिन्दाहरुले वताएका छ । दिनहुँजसो वढेको तापक्रमसंगै अत्याधिक मात्रमा हुने गरेको गर्मिले सर्वसाधारणहरुको जीवनस्तर कष्टकर वनेको मन्थली वजार व्यवस्थापन समितिका अध्यक्ष शुरेस उदासले वताए ।
अत्यधिक मात्रामा वढेको गर्मीले सर्वसाधारणले रातभर निधाउनसम्म पाएका छैनन् । तापक्रममा आएको वृद्धिसंगै अस्पतालमा दिनहुँजसो उपचार गराउन आउने विरामीहरुको संख्यामा एकाएक वृद्धि भएको तामाकोसी सहकारी अस्पतालका डाक्टर केशव सिंह धामीले वताए । उनले भने अघि पछि सामान्य जसो दैनिक २०-३० जनाको संख्यामा उपचार गराउन विरामीहरु आउने गरेका थिए । तर त्यो संख्यामा दोव्वर वृद्धि भएको दावि पनि डा धामीले गरे ।
दिउँसो गर्मी भएपनि विहान वेलुकाको अवस्था भने सामान्यजस्तै हुने मन्थलीमा यो तापक्रम अहिलेसम्मकै उच्च तापक्रम हो । यो समस्या मन्थलीमा मात्र नभएर जिल्लाका अरु अस्पतालहरुमा पनि उत्तिकै मात्रामा रहेको जिल्ला अस्पताल रामेछापका प्रमुख डा प्रकाश शाहले वताए । उनका अनुसार गर्मीले यतिवेला जिल्लाको सवै भुभागलाई उत्तिकै मात्रमा प्रभावित वनाएको छ । जसका कारण सवैजसो स्वास्थ केन्द्रहरुमा उपचार गराउन आउने झाडा पखाला र ज्वरोको विरामीहरुको संख्यामा पनि वृद्धी भएको डाक्टरको भनाई रहेको छ ।