arrow

ट्रम्पले खोले रहस्यः अमेरिकाकै आग्रहमा खाडी मुलुकले गरे कतारसँग सम्बन्ध विच्छेद 

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
dronaldtrumps.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कारण खाडी मुलुकहरुले कतारसँगको सम्बन्ध बिच्छेद गरेको खुलासा भएको छ ।

ट्रम्पले आफ्नै आग्रहमा कतारसंग सम्बन्ध विच्छेद भएको खुलासा गरेको रोयटर्स समाचार एजेन्सीले दावी गरेको छ । 

साउदी अरबको भ्रमणका क्रममा रहेका राष्ट्रपति ट्रम्पले कतार अतिवादी बिचारधारातर्फ उन्मुख रहेको कतारसँग कुनै कूटनीतिक सम्बन्ध नराख्न आफूले आग्रह गरेपछि सम्बन्ध बिच्छेद गरिएको दावी गरेका हुन् ।

कतारविरुद्ध खाडी मुलुक एक हुन प्रेरित गरेकैले उनीहरुले सम्बन्ध तोडेको उनको दावी छ ।

अमेरिकाले नै आफ्नो हात रहेको खुलासा गरेपछि विवादले नयाँ मोड लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ