arrow

बेलायतमा आमनिर्वाचनको मतदान सुरु

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
UK-Election-2015-640x360.png

लन्डन। बेलायतमा बिहीबार आमनिर्वाचन हुदैछ। सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ। केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ। त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए।

तर बिहीबार हुने यस निर्वाचनका लागि मतदान सुरु भएको समाचारमा जनाइएको छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ।

प्राप्त सो समाचारअनुसार निर्वाचन खुलेको छ र देशैभरि मतदान भइरहेको छ। सुरक्षा व्यवस्थालाई भने निकै नै कडा पारिएको पनि सो समाचारमा उल्लेख छ।

निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ। यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ।

बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ। पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको छ।

शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो। सोही कारणले गर्दा पनि उहाँको लोकप्रियता पछिल्लो समयमा घटेको छ।
त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ। रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ