arrow

सि जिनपिङ पछि नरेन्द्र मोदी निस्किए 'एससिओ' सम्मेलनमा

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
modi-jinping.jpg

नयाँ दिल्ली । कजाकिस्तानको अस्तानमा आयोजना हुन लागेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  

मोदीले आफू त्यसतर्फ प्रस्थान गर्नुअघि जारी गरेको बिज्ञप्तिमा आफू सो सम्मेलनमा सहभागी हुन र त्यहाँ आउनुहुने सबै नेताहरुसँग भेटघाट र अन्तरक्रियाका लागि आतुर रहेको जानकारी दिएका छन् ।

साथै सो सम्मेलनमा आफूले र त्यहाँ सहभागी नेताहरुले गर्ने छलफलले भारतको आर्थिक विकास र आतङ्कवादका विरुद्धमा भारतले जारी राखेको सङ्घर्षमा सहयोग पुग्ने धारणा राखे।

प्रधानमन्त्री मोदीले सो वक्तव्यमा भनेका छन् – सो सम्मेलनमा सहभागिताले भारतको आर्थिक विकास, अरु देशसँग सडक सञ्जालले जोड्ने कुरामा भारतलाई फाइदा पुग्ने अपेक्षा मैले गरेको छु ।

यस संगठनमा भारत पनि सदस्य छ । मोदीले यस संगठनको महत्वको बारेमा उल्लेख गर्दै यस संगठनले विश्वको करिब ४० प्रतिशत जनसङ्ख्याका साथै विश्वको अर्थतन्त्रको करिब २० प्रतिशत भाग ओगट्ने बताए ।

यस संगठनको सम्मेलनमा सहभागी विश्वका नेताहरुले एसिया तथा क्षेत्रीय समस्याको समाधानका क्षेत्रमा व्यापक मात्रामा काम गरिने पनि बताए । सोहि सम्मेलाका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा निस्किएका छन्। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ