arrow

ओरालो लाग्दै अखवार बजार, २०१६को सबैभन्दा नराम्रो पेशा 'पत्रिकाको संवाददाता'

भारतले मार्दैछ उल्टो छलाङ !

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ जेठ २७ शनिबार
newspaper_readers.jpg

काठमाडौं । विश्व पत्रकारिताको बजारमा सबैभन्दा पुरानो माध्यमको रुपमा रहेकोे पत्रपत्रिकाको बजार दिन दुई गुणा त रात चार गुणा गरी खस्किँदै गईरहेको छ । विश्वमा नाम चलेका पत्रपत्रिकाहरुको बजार समेत भटाभट खस्किँदै जाँदा अब अखवारी युग भने विस्तारै अवसानको बाटोतिर लागेको मान्न थालिएको छ । अहिले विश्वका चर्चित पत्रिकाहरुको पाठक समेत वार्षिक १२ देखि ३० प्रतिशतसम्म गिरावट आउँदै गरेको छ । विभिन्न अन्तराष्ट्रिय अनुसन्धानमूलक संस्थाहरुको रिपोर्ट अनुसार विश्वमा नाम चलेको पत्रपत्रिकाहरु इकोनोमिक टाईम्स, वासिंटन पोष्ट, द गार्जियन जस्ता पत्रपत्रिकाहरु पनि आफ्नो बैकल्पिक बाटोको खोजीमा लागिसकेका छन् । 

वर्ड इकोनोमी फोरमको एक आलेखमा उल्लेख गरिएको छ कि प्रतिदिन दुईलाख जनाले द गार्जियन पत्रिका पढ्छन् भने उसको अनलाईन मात्रै दैनिक तीन करोड ८० लाख जनाले खोल्ने गरेका छन् । ती सञ्चारसंस्थाहरुले अहिलेसम्म आईपुग्दा पत्रपत्रिका सहित अनलाइन प्रविधिमा पनि बलियो रुपमा आफूलाई प्रस्तुत भने नगरेका होईनन् । सबै कुरा निशुल्क अनलाईनमा पढ्न पाईने भएपछि अहिले ती पत्रिकाहरुको बजार दिन प्रतिदिन खस्किँदै गएको हो । 

गत वर्ष विश्वको विभिन्न पेशागत अवस्थाको विषयमा क्यारियर कास्ट भन्ने एउटा संस्थाले गरेको सर्भेक्षणमा समाचारपत्रका संवाददाताको पेशा सबैभन्दा नराम्रोे रहेको देखाएको छ । थोरै पैसा, धेरै खटाई र पाठकहरुको चासो पनि कम रहेकोले यो पेशालाई त्यस्तो मानिएको बताईएको छ । उक्त सर्भेक्षणमा वासिंटन पोष्टका एक संवाददाताका बाबुले पछुतो मान्दै आफ्नो रहस्योद्घाटन गर्दै भनेका थिए 'मेरो एउटा छोरो वासिंटन पोष्टको संवाददाता छ ।' 

तर, सोही अध्ययनले भारतमा भने पत्रपत्रिकाको व्यापार पछिल्लो समय झनै मौलाएको देखाएको छ । उसको अध्ययनका अनुसार भारतमा यति धेरै पत्रपत्रिकाको बजार बढीरहेको छ कि अहिले भारत सबैभन्दा धेरै मानिसले पत्रिका किनेर पढ्ने मुलुकमा पहिलो बनेको छ । त्यहाँ २०१३ सालमा ५७६७ वटा पत्रिका थपिएको थियो भने २०१५ मा मात्रै ७८७१ वटा पत्रिका थपिएको वल्र्ड इकोनोमी फोरमले जनाएको छ । जवकि सोही २ वर्षमा अमेरिकामा जम्मा ५० वटा मात्रै पत्रिका थपिएका थिए । 

त्यस्तै, अडिट ब्यूरो अफ सर्कुलेसनका अनुसार भारतमा तीब्र रुपमा पत्रपत्रिकाको वितरण बढेको छ । भारतमा २००६ मा कूल ३ करोड ९१ लाख पत्रिका वितरण हुनेगरेकोमा २०१६ मा पुग्दा सो परिणाम ६ करोड २८ लाखमा पुगेको थियो । त्यतिको गतिमा अन्य कुनै पनि मुलुकमा यो समयमा पत्रिका वितरणमा बृद्धि भएको छैन । त्यस्तै, सन् २०१५मा भारतमा कूल वितरणको १२ प्रतिशतले हुन आउने संख्यामा पत्रिका बढी विक्री भएको थियो । जवकि अन्य मुलुकहरु बेलायत अमेरिका र जर्मनीमा क्रमशः १२, ७ र ३ प्रतिशतले विक्री घटेको छ । 

अहिले पनि भारतीय पत्रपत्रिकाहरुले आफ्ना पाठकहरुलाई स्तरीय रुपमा इन्टरनेटको पहुँचबाट सूचना दिन नसकेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । भारतमा अहिले १० देखि ३० प्रतिशत जनताहरुमा मात्रै इन्टरनेट मार्फत् समाचारको पहुँच पुगेको छ । त्यसैले पनि भारतमा पत्रिकाको वितरण बढेको हुनसक्ने आकलन अन्तराष्ट्रिय अनुसन्धानमूलक सञ्चारमाध्यमको रहेको छ । त्यस्तै, अर्काे कारण भारतमा अहिले साक्षरता र पनि व्यापक बढेको छ । अहिले साक्षरता प्रतिशत भारतमा ७९ प्रतिशत पुगिसकेको छ । यसैले गर्दा पनि भारतमा पत्रपत्रिकाको बजार बढेको आकलन गरिएको छ । 

उता, २०१६ सालमा सबैभन्दा खराव काममा समाचारपत्रका संवाददाताको कामलाई दर्ज गरिएको छ भने त्यसपछिको खराव कामको रुपमा क्यारियर कास्टले लगर अर्थात् रुख काट्ने पेशा रहेको देखाएको छ । टेलिभिजनको समाचार वाचक या वाचिकालाई देखाएको छ । यसरी पेशाको स्तरीयताको वर्णन गर्दा कामको वातावरण, आम्दानी, कामप्रति बाहिरी मानिसको विचार लगायतका ११ तत्वलाई आधार बनाएर खोजी गरिएको थियो । 

(अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोग)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ