arrow

जर्मनीमा  पाँच लाख रोजगारी थप्नु पर्ने

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
jorman.jpg

बर्लिन (जर्मनी), २९ जेठ । जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार जर्मनीमा सन् २०१७ भरीमा पाँच लाख रोजगारी थप्नु पर्ने भएको छ । 

अघिल्लो बर्षको तुलनामा यस बर्ष स्वास्थ्य क्षेत्रमा मात्रै एक लाख ३० हजार रोजगारी थपिने छ । बुढाबुढीहरुको संख्या बढ्दै गएकाले उनीहरुको हेरचाहका लागि स्वास्थ्य क्षेत्रका जनशक्तिको आवश्यकता बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी खाद्य सेवा, विज्ञापन एजेन्सी, अनुसन्धान फर्म लगायतका कार्यालयहरुले झण्डै एक लाख ३० हजार रोजगारी सृजना गर्ने अनुमान गरिएको छ । 

सर्वेक्षण गरेको संस्थाका निर्देशक मार्टिन वान्सलेबेनले त्यस बाहेक अन्य १ लाख पद व्यापारिक क्षेत्र, यातायात क्षेत्र र पर्यटन क्षेत्रबाट सृजना हुने बताए ।उनले शिक्षा क्षेत्रले झण्डै ५० हजार जनालाई रोजगारी दिने विश्वास व्यक्त गरे । 

“डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम र शरणार्थीहरुलाई योग्यता बढाईदिने कार्यको अत्यधिक धेरै माग भएकाले शिक्षा क्षेत्र नाफाका दृष्टिकोणले आकर्षक क्षेत्र भएको छ,” उनले भने । 

अपेक्षित रोजगारीका लागि निर्माण उद्योगबाट ३५ हजार पद थपिन सक्ने छ । न्युन व्याजदर र घर निर्माण कार्य बढ्दै गएकाले यस क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने अनुमान गरिएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ