arrow

लण्डनको २७ तले भवनमा आगलागी, कैयौँको उद्वार हुँदै

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
london-fire11.jpg

लण्डन । पश्चिम लण्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो ।

एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ ।

सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ ।

आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । बुधबार बिहानीपख सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तला तिरबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्वारका लागि सहयोग मागिरहेकोजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । बेलायतमा पछिल्ला केही समययता आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले यस आगलागीलाई पनि आतङ्ककारी हमला त होइन भनी व्यापक मात्रामा खोजी गरिएको थियो । यसले नागरिकमा थप त्रास छाएको थियो ।

तर प्रहरीले यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक रुपमा मात्र आगो लागेको जनाएको छ ।एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ