arrow

हवाई कारबाहीमा ४३ लडाकु मारिए

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
Afganistan_Attack.jpg.jpeg

काबुल । अफगानिस्तानको हेल्मड प्रान्तमा गएराति गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा पनि ४३ जना लडाकु मारिएको समाचार छ । 

अफगानिस्तानको गृह मन्त्रालयले हवाई सुरक्षा कारबाहीमा उनीहरु मारिएको बुधबार जनाएको समाचारमा उल्लेख छ । 

नेटो सेनाले गरेको हवाई कारबाही मार्जा जिल्लाको वाकिलमा भएको थियो । आक्रमणमा परी मारिनेमा तालिवान लडाकुका मुख्य पदाधिकारी पनि रहेका मन्त्रालयले वक्तव्यमा जनाएको छ । 

सो कारबाही गरिएको स्थानबाट ठूलो मात्रामा उनीहरुका हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिने र नष्टगर्ने कार्य गरेको पनि अफगान सुरक्षा निकायले जनाएको छ । 

अफगानिस्तानको राजधानी काबुलदेखि घटनास्थल ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । 

अफगानिस्तानको सुरक्षा फौजले लडाकू विरुद्धको सुरक्षा कारबाही देशभरी तिव्र बनाइएको जनाएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ