arrow

रोमानियाको सत्ताधारी दलले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गर्ने 

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
romaniya.jpg

रोमानिया  । रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । ‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजिनामा दिन सल्लाह दिएपनि उनले राजिनामा दिन नमानेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने सो दलले निर्णय लिएको हो । 

दलको कार्यकारी समितिले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उनलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पास गरेको छ । 

ग्रिन्डिनु र दलका प्रमुख केन्द्रिय नेतावीच प्रधानमन्त्रीबाट हट्न गरिएको आह्वानका विषयमा विवाद चुलिएको थियो । प्रधानमन्त्रीले आफूलाई हटाउन अति नै कडा उपाय अवलम्वन गरेपनि पदबाट नहट्ने बताएपछि उनलाई अविश्वासको मतद्वारा हटाउने निर्णय लिइएको हो । पछिल्लो समय सरकारका गतिविधिलाई सुधार गरी अघिबढ्नुपर्ने विषयमा प्रधानमन्त्रीको दल र सरकारवीच समस्या देखिदै आएको थियो । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ