सत्ता पक्षले मधेस मुद्दालाई कमजोर र ओझेलमा पारेको आरोप
प्रकाशित २०७४ असार २ शुक्रबार
501
Shares
जनकपुरधाम, २ असार । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन्छ ।
जनकपुरमा सुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने “निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छैन ।”
नेता यादबले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै सभ्यता, पहिचानको सङ्घर्षलाई सङ्ख्याको आधारमा मापन गर्न नहुने धारणा व्यक्त गरे ।
सत्ता पक्षले सङ्घर्षलाई सङ्ख्याका आधारमा मापन गरी मधेसको मुद्दालाई पटक पटक कमजोर र ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले आन्दोलनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन पार्टीको सुक्रबार बस्ने बैठकबाट निर्णय गरिने जानकारी पनि दिए ।