राजपा विरुद्ध आक्रामक बन्यो प्रहरी, सुनसरी संयोजक सहित ११ पक्राउ
प्रकाशित २०७४ असार २ शुक्रबार
483
Shares
काठमाडौं । सधैंभरी राज्यलाई घुर्क्याउँदै आएको राष्ट्रिय जनता पार्टी विरुद्ध प्रहरी प्रशासन आक्रामक बन्न थालेको । केन्द्रीय तहको निर्देशन मानेको भन्दै निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सुनसरी प्रहरीले शुक्रबार राजपाका सुनसरी संयोजक सहित ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद घिमिरेले दिएको जानकारी अनुसार प्रहरीले शुक्रबार दिउँसो साविकको इनरुवा ७ तथा अहिलेको इनरुवा नगरपालिका वडा नं २ बाट सुनसरीका राजमा संयोजक डा. सीएन पाठक सहित ११ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुमाथि थप छानविन गरेर के विषयमा मुद्दा चलाईने भन्ने विषयमा टुंगोमा पुगिने डिएसपी घिमिरेले जानकारी दिए ।