arrow

राष्ट्रसङ्घद्वारा मोगादिसु हिंसाको निन्दा

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
Blue_UN_logo.jpg.jpeg

संयुक्त राष्ट्रसद्वघ । सोमालियाको राजधानी मोगादिसुमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लले कडा शब्दमा निन्दा गरेको छ । 

सर्वसाधारणा विरुद्ध भएको  आतङ्ककारी आक्रमणमा परी दशौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँको सङ्ख्यामा घाइते भएका थिए । सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका साथै नागरिक अधिकारमा गम्भीर चेतावनी भएको बताइएको छ । 

सोमालियामा शान्ति र स्थायित्व कायम गर्ने प्रतिवद्धता सुरक्षा परिषद्का सदस्यले बारम्बार दोहोर्याएका छन् । दक्षिणी मोगादसुमा बुधबार राति बन्दुकधारीले गरेको आक्रमणमा १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका छन् । स्थानीय समयाअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेका थिए । 

रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ