काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा सहभागी नहुने भएको छ । राजपालाई चुनावमा ल्याउनको लागि सरकारले दुई नं प्रदेशको निर्वाचन असोजमा गर्ने निर्णय गरेको भएपनि राजपाले शुक्रबार बैठक गरी चुनावमा सहभागी नहुने र आन्दोलन पनि नरोक्ने निर्णय गरेको हो ।
संघीय गठबन्धनको बैठकले आफ्नो माग पूरा नभएसम्मको लागि निर्वाचनमा भाग नलिने निर्णय यथावत राखेको उल्लेख गरिएको छ । राजपाका संयोगक महन्थ ठाकुरको हस्ताक्षर रहेको सो विज्ञप्तीमा असार १४ गतेसम्मका सबै विरोधका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरिएको उल्लेख छ ।