arrow

मतदाता शिक्षा सदरमुकाम केन्द्रीत, गाउँका मतदाता अन्योलमा

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ असार ३ शनिबार
election_local4.jpeg

कैलाली, लम्की । जिल्ला निर्वाचन अधिकृतको कार्यालय कैलालीले प्रभावकारी रुपमा मतदाता शिक्षा सञ्चालन गर्न नसक्दा जिल्लाको दक्षिण पुर्वीक्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा छन । स्थानीय  तहको निर्वाचन हुन ११ दिन मात्र बाँकि रहँदासम्म पनि कैलालीका अधिकांश मतदाताले मतदाता शिक्षाको बारेमा ज्ञान नपाउँदा अन्यौलता छाएको हो । 

अहिले कार्यालयले मतदाता शिक्षा त सञ्चालन गरेको छ । तर, प्रचारप्रसार सदरमुकामकेन्द्रीत हुँदा समस्या सिर्जना भएको हो । लामो मतपत्र रहेको र कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा नै स्थानीय अन्यौलमा छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरिकाले मतदाताकाबीच जाने गरेको भएपनि जिल्ला निर्वाचन कार्यालयले खटाएका भनिएका मतदाता स्वयंसेवक स्थानीयको घरदैलोमा पुग्न सकेका छैनन् । मतदाता शिक्षाका लागि खटाइएका  स्वयंसेवक पनि कसैको घरमा जाने कसैको घरमा नजाने भेटिएको छ ।
 
निर्वाचन आयोगले मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्याममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रीत गरेपछि जिल्लाको पुर्वीदक्षिणी भेगका ग्रामीणबस्तीमा मतदाता शिक्षा प्राय शुन्य देखिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीको निष्कृयताका कारण निर्वाचनमा धेरै मत बदर हुने सम्भावना देखिएको छ । मतदातालाई मतदानमा सहयोग पुग्ने निर्वाचन सम्बन्धी रेडियो कार्यक्रम, निर्वाचनमा मतदाता, राजनितिक दल र उम्मेदावारले गर्न हुने – नहुने सम्बन्धी जनचेतना मुलक सुचना र रेडियो जिङ्गल समेत जिल्ला निर्बाचन कार्यालयले सदरमुकाम केन्द्रीत गराउँदा यस्तो समस्या देखिएको हो। सदरमुकाममा भन्दा बढी सञ्चार माध्यममा रहेको जिल्लाको मध्यवर्ती क्षेत्र, दक्षिणपुर्वी क्षेत्रमा भने जिल्ला निर्बाचन कार्यालय कैलालीले चासो देखाएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ